समाचार

कोरोनाबारे अफवाह फैलाउने एक जना पक्राउ



तुलसीपुर, २ बैशाख । दाङमा कोरोना भाइरसबारे सामाजिक सञ्जालमा अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दाङमा पनि एकजना कोरोना सङ्क्रमित भेटिएको भनेर मंगगलबार फेसबुकमा स्टाटस राखेको भन्दै घोराही उपमहानगरपालिका–१५ निवासी २८ वर्षीय दीपक न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।