काठमाडौँ, ४ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सचिवालय सदस्य, पूर्वयुवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले भोलि सरकारले निर्णय गर्यो र आवश्यकता पर्यो भने १/२ महिनाको मात्र नभई ५ बर्ष कै सेवा सुविधा देश र जनताको निम्ति समर्पित गर्न पनि तयार हुने उद्घोष गर्नुभएको छ ।
आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आज एक स्ट्याटस लेख्दै उहाँले पछिल्लो समय विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई रोकथाम तथा नियन्त्रणको लागि सरकारले विश्वमा नै उत्कृष्ट नीति लिई अघि बढिरहेको उल्लेख गर्दै पछिल्लो समय सस्तो लोकप्रीयता कमाउन सामाजिक सञ्जालमा अनावश्यक कुराहरु गरिरहेको उल्लेख गर्दै हावामा मुढ्किी चलाउनुको कुनै अर्थ नभएको आक्रोस व्यक्त गर्नुभएको छ । उहाँले कुनै पनि कुराको तथ्यमा आधारित भई अघि बढ्नु पर्नेमा जोड दिँदै हावामा हानेको मुढ्कीको कुनै अर्थ नरहने समेत स्पष्ट पार्नुभएको छ ।
सांसद भएसँगै जनताको सेवक भएको घोषणा गर्नुभएका सांसद पहारीले राजनीति गरेको केही पाउला भनेर नभई सामाजिक सेवाको साथमा समृद्ध नेपाल सुखी नेपालीको महान् अभियानमा लागेको बताउनुभएको छ । कुनै व्यक्तिगत स्वार्थ पुरा गर्न राजनीति गरेको नभई सामाजिक तथा मुलुकको स्वार्थ पुरा गर्न लागेको उल्लेख गर्दै उहाँले आफु निर्वाचित भएसँगै आफ्नो सांसद वापत प्राप्त गर्ने सेवा सुविधालाई सामाजिक क्षेत्रमा प्रयोग गर्ने घोषणा गर्नुभएको थियो । सोही अनुसार उहाँले शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण स्वच्छता तथा अन्य सामाजिक कार्यहरुमा सांसद बापत पाउने तलब खर्च गर्दै आउनुभएको छ ।
संघियतालाई असफल बनाउने धृणित कार्यमा कतिपय व्यक्ति वा समुह लागि परिरहेको प्रति लक्षीत गर्दै उहाँले मुलुक र राष्ट्रको लागि आवश्यकता अनुसारको त्याग र बलिदानी गर्न तयारी रहेको उल्लेख गर्नुभयो । सयौं वर्षको इतिहासको राजतन्त्रलाई परास्त गरी मुलुकमा लोकतन्त्रको स्थापना गरेको उल्लेख गर्दै उहाँले कुनै वहानामा गरिएको संघियता विरोधी गतिविधिहरु सैह्य नहुने समेत चेतावनी दिनुभयो ।
उहाँले कोरोना नियन्त्रण गरे पछि बाँकी देश र समाजको लागि के के गर्नुपर्छ, त्यो गर्न जुनसुकै समय हाजिर हुने समेत उल्लेख गर्नुभयो ।मुलुकको अर्थतन्त्र दरविलो बनाउन जे पनि गर्ने एक दुई महिनाको तलब मात्र नभई सांसदहरुले आफ्नो कार्यकाल भरिको पनि दिन तयार रहने उल्लेख गर्दै मुलुक र जनताको आवश्यकता नै जनप्रतिनिधि आवश्यकता हुने उद्घोष गर्नुभयो ।
उहाँले भन्नुभएको छ, ‘तथ्यमा उभिएर आलोचना गरौं, हावामा मुढ्कि चलाउनुको कुनै अर्थ छैन । संघ, प्रदेश र स्थानीय तहका कार्यकारिणि पदमा रहनु भएका र अन्य जनप्रतिनिधिहरुले संविधानले, कानुनले, दिएको आ आफ्नो पदिय जिम्मेवारी अनुसार कोरोना नियन्त्रण र रोकथाम र जनतालाई राहत उपलब्ध गराउने कुरामा दिनरात नभनि खटिरहनु भएको छ । यो कठिन अबस्था सबै माननियहरुले, जनप्रतिनिधिहरुले कम्तिमा १५ दिनको कतिपयले १/२ महिनाकै र मन्त्रीहरुले कम्तिमा एक महिनाको सुबिधा पनि राज्यकोषमा उपलब्ध गराउनु भएको छ । कतिपय जनप्रतिनिधिले सांसद भए देखिकै आफुले पाएको सेवा सुबिधा जनताकै, क्षेत्र कै विकास निर्माणको निम्ति समर्पित गरिरहनु भएकै छ । भोलि सरकारले निर्णय गर्यो, आवश्यकता पर्यो भने १/२ महिनाको के हामीले ५ बर्ष कै सेवा सुबिधा देश र जनताको निम्ति समर्पित गर्न पनि तयार हुने पनि त छौ । समान्य कुरा र सहयोग गरेर यो बेलामा सस्तो लोकप्रीयताको निम्ति सांमाजिक संजालमा चर्चा परिचर्चामा आउनु को के नै अर्थ छ र । राजनितिमा लाग्दा खेरि सांसद भईन्छ भन्ने कहिल्यै सोचिएको थिएन । देश र जनताको निम्ति काम गर्दै जादा प्राप्त भएको जिम्मेवारी नै हो । सबैलाई एउटै डालोमा हाल्ने काम पनि नगरौ । एक बोरा भित्र जुन आलु कुहियको छ त्यसैलाई फाल्ने हो सबै उस्तै उस्तै हुन् भन्नू को के नै अर्थ रहन्छ र । पहिला कोरोनालाई परास्त गरौ त्यस पछि जनता समक्ष उभिएर सबै कुराको समीक्षा गरौला । अहिले गरेको काम र सहयोग को सांमाजिक संजाल मार्फत चर्चा नबटुलौ । अहिले सिङ्गै मानव जाति नै गम्भिर संकटमा परेको बेला हो । सकारात्मक सुझाब र आलेचना गरौं तर आग्रहि पूर्ण निन्दा त कम्तिमा नगरौं ।’










प्रतिक्रिया दिनुहोस्