काठमाडौँ, ४ वैशाख । कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन गरिएको अवधिमा तीन दर्जन व्यक्ति तथा फर्महरु कालोसूचीमा परेका छन् ।
कर्जा सूचना केन्द्रले लकडाउन शुरु भएको ११ चैतदेखि यता १ वैशाखसम्म ३६ जना कालोसूचीमा परेको जानकारी दिएको छ । केन्द्रले दिएको जानकारी अनुसार १६ गते एकैदिन ३ जना व्यक्तिलाई कालोसूचीमा राखिएको र २०७७ सालको दोस्रो दिन २ वैशाखमा मात्रै पनि २ व्यवसायिक फर्म र ७ व्यक्ति गरी ९ लाई कालोसूचीमा राखिएको छ ।
समयमा कर्जा नतिर्ने तथा चेक बाउन्समा परेकाहरुलाई समेत केन्द्रले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको सिफारिसमा कालोसूचीमा राख्ने गरेको छ ।










प्रतिक्रिया दिनुहोस्