समाचार

थप एक युवतीमा देखियो कोरोना एन्टीबडी पोजेटिभ



विराटनगर, ५ बैशाख । भारतबाट फर्किएको २४ दिनपछि मोरङमा एक युवतीमा कोरोना भाइरसको एन्टीबडी पोजेटिभ देखिएको छ ।

बिहीबार र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा बुढीगंगा गाउँपालिका– १ कि २७ वर्षकी युवतीमा कोरोना एन्टीबडी पोजेटिभ देखिएको हो ।

युवतीलाई कोशी अस्पताल विराटनगरको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । अस्पतालले युवतीमा कोरोना रहेको वा नरहेको निश्चित गर्न प्रयोगशाला परीक्षण गर्दैछ ।