खस्यौली, ६ बैशाख । पूर्वपश्चिम राजमार्गको सैनामैना नगरपालिका सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
शुक्रबार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ३० प ३८०४ नंको मोटरसाइकल वडा नं ८ स्थित बाँसगढीमा भएको दुर्घटनामा सैनामैना–४ मुर्गिया निवासी २७ वर्षीय सागर थापा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको ।
मोटरसाइकल नियन्त्रण हुन नसक्दा दुर्घटनामा परी गम्भीर घाइते भएका थापाको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्