काठमाडौँ, ६ बैशाख । नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । जसमा १ जना निको भएर घर फर्किसकेका छन् भने अन्य उपचारको क्रममा रहेका छन् ।
नेपालको ७७ जिल्लामध्ये ८ जिल्लामा कोरोना संक्रमित फेला परेका छन् । काठमाडौंमा पाँच जना कोरोना संक्रमित फेला परेका छन भने शुक्रबार उदयपुरमा एकै पटक १२ जना संक्रमित फेला परेको छ । त्यस्तै कैलालीमा ४ जना, पर्सामा ३ जना, बाग्लुङमा २ जना, चितवनमा २ जना रौतहट र कञ्चनपुरमा १/१ जना संक्रमित फेला परेका छन् ।
प्रदेशको आधारमा प्रदेश नम्बर १ सबैभन्दा जोखिममा देखिएको छ । प्रदेश नम्बर २, सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ३ मा समेत कोरोना भाइरसको संक्रमित फेला परिसकेका छन् । कर्णाली प्रदेश र प्रदेश नम्बर ५ मा अहिलेसम्म कोरोना संक्रमित फेला परेका छैनन् ।










प्रतिक्रिया दिनुहोस्