समाचार

हेलिकप्टरद्वारा गर्भवती महिलाको उद्धार



सुर्खेत, ६ वैशाख । सुत्केरी हुन नसकि प्रसव पीडामा रहेकी मुगुकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि सुर्खेत ल्याइएको छ ।

हेपाटाईटिस बि पोजेटिभ देखिएकी सोरु गाउँपालिका–१ की ममता लावडलाई मुगु जिल्ला अस्पतालमा अप्रेशन हुन नसकेपछि शुक्रबार अपरान्ह उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पताल ल्याइएको हो । जिल्ला अस्पतालमा उपचार हुन नसक्ने जानकारी मुगुका प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले गराएलगत्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको निर्देशनमा तत्काल ती गर्भवतीको निःशुल्क हवाई उद्धार गरिएको थियो ।

सुत्केरी हुन दिइएको समय १४ दिन कटेको र उनको रगतमा हेपाटाईटिस बि पोजेटिभ देखिएकाले उपचारका लागि प्रादेशिक अस्पताल पठाउनु परेको जिल्ला अस्पतालका चिकित्सक डा. निर्मल नगरकोटीले जानकारी दिए ।