समाचार

आजको मौसम



काठमाडौँ, ७ बैशाख । हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको अनुसार हाल देशको पश्चिमी र पूर्वी भू–भागमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहेको र आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य  बदली  रही तराईका भू–भागमा आंशिक बदली हुनेछ ।

यस्तै, पहाडी भूभागका केही स्थान र तरार्इका एक, दुई स्थानमा मेघगर्जन, चट्याङ्ग,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

आज राति भने  पहाडी भू–भागमा आंशिक देखि सामान्य  बदली, तराईका भू–भागमा आंशिक बदली रहने र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।