समाचार

लकडाउनका कारण २६ दिनदेखी जंगलमै बास



वीरगञ्ज, ८ बैशाख । छोरीको हत्या गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१ छपकैयाका २९ वर्षका सञ्जय सर्राफ भन्ने सञ्जयकुमार साह सोनार पक्राउ परेका छन् ।

प्रहरीका अनुसार सर्राफले ७ वर्षकी छोरी अंशुकुमारी सर्राफको हत्या गरेको तथ्य खुलेको छ । ‘छोरीको घाँटी थिचेर हत्या गरेको र कसुरबाट बच्न आत्महत्या जस्तो वरदात बनाएको खुल्न आएको छ ।

०७६ चैत ११ गते दिउँसो सवा २ बजे अंशुले घरको माथिल्लो कोठामा आत्महत्या गरेकी थिइन् । उनले कोठाको भित्तामा गाडिएको किलामा सलले पासो लगाई आत्महत्या गरेको खबर प्रहरीलाई आएको थियो । झुण्डिरहेको अवस्थामा बाबु सञ्जयले देखेर पासो खोली तत्कालै नारायणी अस्पतालमा पुर्‍याएको र अस्पतालले मृत घोषणा गरेको दाबी गरिएको परिवारको भनाइ थियो । तर, प्रहरी अनुसन्धानका क्रममा बाबुले घाँटी थिचेर हत्या गरेको खुलेको डीएसपी शाहीले बताए ।

२०७७ वैशाख ४ गते सञ्जयलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा अंशुले आत्महत्या गरेको नभई हत्या भएको तथ्य खुलेको हो । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार सञ्जयले हत्या गर्ने नियतले नभई छोरीलाई तर्साउने उद्देश्यले घाँटी थिचेको तर, उनको मृत्यु भएको थियो।

कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन सुरु भएको दिन अंशुले बाहिर जान जिद्दी गरिरहेकी थिइन् । सोही क्रममा सञ्जयले बाहिर नजानभन्दा उनले नमानेपछि पिटेका थिए । झन् जोडले रुन लागेपछि तत्कालका लागि चुप लगाउन सञ्जयले छोरीको घाँटी थिचेका थिए ।

छोरीको मृत्यु भएपछि झस्केका सञ्जयले आफू सजायबाट बच्नका लागि छोरीले आत्महत्या गरेको भनी नाटक रचेका थिए । प्रारम्भिक बयानमा उनले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।