एजेन्सी, ८ बैशाख । विश्वमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेकाे संख्या २४ लाख नाघेकाे छ ।
विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार साेमबार बिहानसम्म कोरोना संक्रमितकाे संख्या २४ लाख ७ हजार २८२ पुगेकाे छ । पछिल्लाे २४ घण्टाभित्र मात्रै ७५ हजार बढी नयाँ संक्रमित थपिएका छन् ।
संक्रमितमध्ये ६ लाख २४ हजार ९५२ जना भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले १६ लाख १७ हजार २८१ जनामा भने काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ५४ हजार २२६ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । अहिलेसम्म विश्वभर काेराेना भाइरसका कारण १ लाख ६५ हजार ४९ जनाले ज्यान गुमाएका छन् ।
अहिलेसम्म अमेरिकामा काेराेना संक्रमितकाे संख्या ७ लाख ६४ हजार बढी रहेकाे छ । आइतबार मात्रै अमेरिकामा २५ हजार बढी नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ७१ हजार भने पूर्णरूपमा निकाे भएका छन् ।
काेराेनाका कारण मृत्यु हुनेमा पनि सबैभन्दा अगाडि अमेरिका नै छ । काेराेनाका कारण अहिलेसम्म अमेरिकामा ४० हजार ५४८ काे मृत्यु भइसकेकाे छ । त्यहाँ आइतबार मात्रै १ हजार ५३४ काे मृत्यु भएकाे वर्ल्डो मिटर्सले जनाएकाे छ ।
त्यस्तै स्पेन, इटाली, फ्रान्स, जर्मनीमा बढी संक्रमण भएकाे छ । वर्ल्डो मिटर्सका अनुसार स्पेनमा अहिलेसम्म १ लाख ९८ हजार ६७४ संक्रमित भएका छन् । मंगलबार मात्रै त्यहाँ मात्रै ४ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ७७ हजार ३५७ जना भने पूर्णरूपमा निकाे भइसकेका छन् ।
अहिलेसम्म स्पेनमा २० हजार ४५३ जनाले काेराेनाका कारण ज्यान गुमाइसकेका छन् । साेमबार बिहानसम्म इटालीमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २३ हजार ६६० पुगेकाे छ । पछिल्लाे २४ घण्टामा मात्रै इटालीमा ४३३ जनाकाे मृत्यु भएकाे छ ।
इटालीमा अहिलेसम्म १ लाख ७८ हजार ९७२ काेराेना संक्रमित भएका छन् ।आइतबार मात्रै त्यहाँ ३ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ४७ हजार भने पूर्णरूपमा निकाे भइसकेका छन्
फ्रान्समा अहिलेसम्म काेराेनाका कारण १९ हजार ७१८ जनाकाे मृत्यु भएकाे छ भने संक्रमित हुनेकाे संख्या १ लाख ५२ हजार ८९४ पुगेकाे छ । आइतबार मात्रै त्यहाँ एक हजार जना नयाँ संक्रमित थपिएका छन् ।
फ्रान्समा संक्रमित हुने मध्ये ३६ हजार ५७८ जना भने पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ९६ हजार ५९८ जनामा काेराेना सक्रिय रहेकाे छ । अहिलेसम्म जर्मनीमा काेराेना संक्रमित हुनेकाे संख्या १ लाख ४५ हजार ७४२ नाघेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख २० हजार भन्दा बढी काेराेनाबाट संक्रमित भएका छन् । मृत्यु हुनेकाे संख्या भने १६ हजार ६० पुगेकाे वर्ल्डो मिटर्सले जनाएकाे छ ।
बेलायतमा काेराेनाबाट १ लाख ३ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ । त्यस्तै चीनमा अहिले १ हजार जनामा मात्रै काेराेना सक्रिय रहेकाे छ । चीनमा कुल ८२ हजार ७३५ जना संक्रमित भएपनि करिब ७७ हजार बढी पूर्णरूपमा निकाे भइसकेका छन् । काेराेनाका कारण चीनमा ४ हजार ६३२ जनाकाे मृत्यु भएकाे छ ।










प्रतिक्रिया दिनुहोस्