विश्व

भारतमा कोरोनाले २४ घण्टामा ४७ जनाको मृत्यु



एजेन्सी, ९ बैशाख । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित ४७ जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ४७ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ । योसँगै भारतमा कोरानाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय ९० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले पछिल्लो २४ घण्टामा थप १३ सय ३६ बिरामी थपिएका जनाएको छ । भारतमा मंगलबार बिहानसम्म संक्रमितको संख्या १८ हजार छ सय एक पुगेको छ । जसमध्ये १४ हजार सात सय ५९ जानको विभिन्न अस्पतालहरुमा उपचार जारी छ भने तीन हजार दुई सय ५२ जना उपचारपछि घर फर्किएका छन् ।