समाचार

आज बिहानै ‘लकडाउन’ उल्लङ्घन गर्ने ८१ जना पक्राउ



काठमाडौँ, १० वैशाख । बिहानै काठमाडौँ उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने ८१ जनालाई प्रहरीले कारबाही स्वरुप ‘होल्ड’ गरेको छ ।

बिहान ७ बजेसम्ममा काठमाण्डौबाट ५६ र ललितपुरबाट २५ जना गरि ८१ जनालाई होल्ड गरिएको प्रहरीेले जनाएको छ ।

यस्तै ६८ वटा मोटरसाइकलसहित ७० वटा गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अत्यावश्यक कामबाहेकका लागि गाडी चलाएको पाइए प्रहरीले बेलुकीमात्रै छाड्ने गरेको छ । यस्तै लकडाउन उल्लङ्घन गरी हिँड्नेलाई सम्झाइ बुझाइ घर फर्काउने गरिएको प्रहरीले जनाएको छ ।