विश्व

विश्वभर कोरोना भाइरसका कारण १ लाख ७७ हजार ६ सय ४० जनाको मृत्यु



काठमाडौँ, १० वैशाख । कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको  संख्या १ लाख ७७ हजार ६ सय ४० जनाको मृत्यु भएको छ ।

मंगलबार विहान ८ बजे सम्मको तथ्यांकमा विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार ६ सय ४० पुगेको हो । अमेरिकामा मात्रै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ हजार नाघेको छ । कोरोनाले इटालीमा एकै दिन ५३४ जनाको मृत्यु भएको छ ।

मंगलबार थप ५३४ जनाको मृत्यु भएपछि इटालीमा मृतकको संख्या २४ हजार ६४८ पुगेको छ । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ४३० जनाको मृत्यु भएको छ भने ३ हजार ९६८ जना नयाँ संक्रमित थपिएका छन् । फ्रान्समा २० हजार ७९६ जनाको मृत्यु भएको छ भने बेलायतमा १७ हजार ३३७ जनाको मृत्यु भएको छ ।

नेपालमा भने कोरोना संक्रमितको संख्या ४२ पुगेको छ। उदयपुरमा २३ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या ४२ पुगेको हो । जसमा ५ जना निको भएर घर फर्किसकेका छन् । अन्य संक्रमितको अवस्थापनि सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।