एजेन्सी, १० बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति (ग्रिनकार्ड) दिने काम दुई महिनासम्म बन्द गर्ने घोषणा गरेका छन् ।
मंगलबार रातिको नियमित प्रेस ब्रिफिङमा ट्रम्पले भनेका छन्, ‘यो आदेश अमेरिकामा स्थायी रुपमा बस्न चाहनेहरुमाथि लागु हुन्छ र अस्थायी रुपमा काम गर्न अमेरिका आउनेहरुका लागि लागु हुँदैन ।
अझै पनि कतिपय यही देशमै रहनुपर्ने अवस्था रहेको बताउँदै ट्रम्पले अमेरिकामा स्थायी बसोबास गर्ने नयाँ आप्रवासीहरुमाथि ६० दिनपछि प्रतिबन्ध लगाउने कि नलगाउने भन्ने कुरा अमेरिकी अर्थ व्यवस्थामा निर्भर गर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘यदि आवश्यक परेमा यसलाई ३० दिनका लागि या त्योभन्दा पनि धेरै समयसम्म बढाउन पनि सकिन्छ । ‘अमेरिकामा विदेशीहरुलाई बस्न रोक लगाउनका लागि कार्यकारी आदेश जारी हुँदैछ । भोलिसम्ममा तयार भएर हस्ताक्षरका लागि आउने छ । यो आदेश कठोर हुने छ ।’
यद्यपि यो कार्यकारी आदेशमा केही छुट पनि हुन सक्ने ट्रम्पले बताए ।










प्रतिक्रिया दिनुहोस्