विश्व

भारतमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या ६८१ पुग्याे



एजेन्सी, ११  बैशाख । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको छ ।

वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा बिहीबार बिहनसम्म मृत्यु हुनेकाे संख्या ६ सय ८१ पुगेकाे छ भने संक्रमित हुनेकाे संख्या २१ हजार ३ सय ७० पुगेकाे छ ।

भारतमा संक्रमितमध्ये अहिले ४ हजार ३ सय ७० जना भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ १६ हजार ३ सय १९ जनामा काेराेना सक्रिय रहेकाे छ ।

गत सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल विश्वभर फैलिएको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार कोराना भाइरसबाट हालसम्म २६ लाख जना संक्रमित भएका छन् भने १ लाख ८३ हजारभन्दा बढीको मृत्यु भएको छ ।