भक्तपुर, १२ बैशाख । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बिहीबार साढे पाँच बजे मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारस्थित अरनिको राजमार्गमा भक्तपुरबाट काठमाडौं तर्फ आउँदै गरेको बा ३९ प ५७४१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।
उक्त दुर्घटनामा मध्यपुर ठिमी नगरपालिका ५ भुलाङखेलका ३० वर्षीय अजय श्रेष्ठको नजिकैको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा सवा छ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक गिरीले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्