समाचार

काठमाडौँ उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने १ हजार २३ जना पक्राउ



काठमाडौँ, १२ बैशाख । काठमाडौँ उपत्यकामा लकडाउन उल्लघंन गर्ने  १ हजार २३ जनालाई प्रहरीले पक्राउ  गरेकोछ ।

शुक्रबार उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई प्रहरीले नियनत्रणमा लिएको हो । त्यसैगरी  ३ सय ३२ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ  ।

प्रहरीका अनुसार काठमाडौंमा सबैभन्दा बढी ७ सय ८६, ललितपुरमा २ सय १७ र भक्तपुरमा २० जनालाई नियन्त्रणमा लिइएको छ । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले चैत ११ गतेदेखि लागू हुने गरी देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।