काठमाडौँ, १३ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान प्रधानमन्त्री केपी ओली आगामी तीन वर्षको लागि कुनै विकल्प नभएको बताउनुभएको छ ।
शुक्रवार प्राइम टेलिभिजनद्वारा प्रशारित ‘जनता जान्न चाहन्छन्’मा अन्तरवार्ता दिँदै सांसद बस्नेतले प्रधानमन्त्री ओलीको विकल्प अर्को कुनै नभएको उल्लेख गर्दै विकल्प कसैले सोचेको भए त्यो सपना मात्र हुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘आगामी तीन वर्ष प्रधानमन्त्री केपी ओली ज्यू,को कुनै विकल्प छैन । कसैले सोचेको भए त्यो समपना मात्र हुन्छ । आरोप र चाहना जसले जे लगाए पनि हुन्छ तर केपी ओलीको विकल्प भनेको नै केपी ओली नै हो ।’
केपी ओली अल्पमत भन्ने कुरा अनावश्यक हल्ला मात्र भएको उल्लेख गर्दै सांसद बस्नेतले आवश्यकता अनुसार केपी ओली अत्याधिक बहुमतका साथ प्रस्तुत हुने क्षमता भएको व्यक्ति रहेको उल्लेख गर्नुभयो । कहाँ कहाँ को को गुट र उपगुटका छलफल हुन्छन्, त्यो सामान्य राजनीतिक स्वार्थका लागि हुने उल्लेख गर्दै उहाँले कसैले सरकारलाई ढालिदिन्छु भन्ने सोचेको भए त्यो काल्पनीक मात्र हुने स्पष्ट पार्नुभयो । स्वास्थ्यका कारण तथा कोरोनाका कारण कमजोर भएको छ भनि कसैले मनोरथी कुरा सजाएर अघि बढेको भए त्यो गुट र उपगुटका बसाईहरु गलत भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आफुले देश चलाउने र प्रचण्डले पार्टी चलाउने जिम्मा दिइसकेपछि आधिकारीक अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले गुट तथा उपगुटका बैठकमा वस्न जरुरी नरहेको उल्लेख गर्दै उहाँले अध्यक्ष प्रचण्डले पार्टी भित्रका तथा राष्ट्रिय राजनीतिका विषमा आधिकारीक रुपमा प्रधानमन्त्री ओलीलाई बोलाई छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अध्यक्ष प्रचण्डले राष्ट्रिय राजनीतिको सवालमा प्रधानमन्त्री ओलीलाई बोलाई छलफल गर्न अधिकार प्राप्त व्यक्ति हो । कुनै गुटको भेलामा गई छलफल गर्नुको अर्थ छैन । केपी ओलीलाई घेरावन्दीमा पारियो भनेर ५÷७ जना नेताले बोलेको कुरालाई आधार बनाएर भन्छ भने त्यो कुनै पनि हालतमा सम्भव छैन । किनकी प्रधानमन्त्रीको एजेण्डा तथा भिजनलाई नेकपाका अधिकांश नेताले साथ दिनुहुन्छ ।’
कम्युनिष्ट पार्टी भित्र कहिले काहीँ नेतामूखी नभई नीतिमूखी भएका कारण एजेण्डावाइज छलफल हुँदा केही केही कुरामा कोहीको सहमति कोहीको असहमति हुनु स्वाभाविक भएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री ओली अल्पमतमा पर्नुभयो, पार्टी फोर्न खोज्नुभयो भन्ने कुरा नेकपा कमजोर होस्, पार्टी फुटोस् र नेकपा सक्कियोस् भन्नेहरुले घरमा धुप हालेर बस्नेहरुको कपोकल्पीत कुराहरु मात्र भएको उल्लेख गर्नुभयो । कपोकल्पीत कुराहरुको कुनै आयु नभएको उल्लेख गर्दै उहाँले यस्ता कपोकल्पीत कुराहरुको ८/१० दिनभित्रमा नै समाप्त हुने दावी गर्नुभयो ।
अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीको दावेदार नभई देशभर पुगी गाउँ गाउँसम्म कमिटी विस्तार गर्न लाग्दै आफ्नो स्थापीत भूमिका निर्वाह गर्नुपर्छ आवश्यकता रहेको औंल्याउँदै सांसद वस्नेतले तीन वर्ष पछि कम्युनिष्ट पार्टीको बहुमतको सराकार ल्याई आफ्नो भूमिका प्रस्तुत गर्ने महत्वपूर्ण जिम्मेवारी रहेको औंल्याउनुभयो ।










प्रतिक्रिया दिनुहोस्