एजेन्सी, १४ बैशाख । अमेरिकामा कोरोना भाइरस (कोभिड– १९)संक्रमितको संख्या ९ लाख ६० हजार ६५१ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।
शनिबार एकै दिन मात्र ३५ हजार ४१९ नयाँ संक्रमित फेल परेका छन् । वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कोभिड– १९ को संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि ५४ हजार २५६ पुगेको छ । त्यहाँ शनिबार एकै दिन मात्र २ हजार ६५ को कोरोनाकै कारण मृत्यु भएको छ । १ लाख १८ हजारभन्दा बढी संक्रमित पूर्णरूपमा निकाे समेत भइसकेका छन् ।
न्यूयाेर्कमा मात्रै काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या २१ हजार ९०८ पुगेकाे छ । शनिबार मात्र त्यहाँ ६१७ काे मृत्यु भएकाे छ । १० हजार ८६८ नयाँ संक्रमित फेला परेका छन् । यससँगै न्यूयाेर्कमा मात्रै काेराेना संक्रमितकाे संख्या २ लाख ८८ हजार ३१३ पुगेकाे छ । शु्क्रबार त्यहाँ ४२२ काे मृत्यु भएकाे थियाे ।
त्यस्तै न्यूजर्सीमा काेराेना संक्रमितकाे संख्या १ लाख ५ हजार ५२३ पुगेकाे छ । त्यहाँ ५ हजार ८६३ जनाले ज्यान गुमाएका छन्, जसमा २७६ जनाकाे मृत्यु शनिबार मात्र भयाे ।










प्रतिक्रिया दिनुहोस्