Banner News

मैले प्रम ओलीले राजिनामा दिनुपर्छ भनेको छैन, मिडियाले झुटको खेती गरे : नेता गौतम



काठमाडौँ, १४ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको विषयमा मिडियामा आएको चर्चा झुटको खेती भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले राजिनामा दिएर बालकोट बसे हुन्छ भन्ने विषयमा व्यापक चर्चामा आएपछि उपाध्यक्ष गौतमले सत्य, तथ्य विज्ञप्ती मार्फत सार्वजनिक गर्नुभएको हो । यो सँगै कतिपय नियोजित रुपमा प्रस्तुत भएका मिडिया माथि नै प्रश्न चिन्ह खडा भएको छ । विज्ञप्तीसँगै कतिपय मिडियाहरु सत्य तथ्यमा भन्दा पनि कसैले प्रयोग गरेको स्पष्ट देखिएको छ ।