Banner News

राष्ट्रपतिसमक्ष चीनका लागि नेपाली राजदूत पाण्डेद्वारा सपथ ग्रहण



काठमाडौँ, १५ वैशाख । चीनका लागि नवनियुक्त राजदूत महेन्द्रबहादुर पाण्डेले आज सपथ ग्रहण गरेका छन् ।

शितल निवासमा राजदूत पाण्डेले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित सरकारी उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति थियो ।

गत वैशाख ५ गते उनलाई मन्त्रिपरिषदको सिफारिसमा गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरिएको हो ।