एजेन्सी, १५ बैशाख । भारतमा कोरोना संक्रमितहरुको संख्या २६ हजार नाघेको छ ।
वर्ल्डो मिटर्स डट इन्फोका अनुसार सोमबार बिहानसम्म भारतको कोरोना संक्रमित हुनेको संख्या २७ हजार ८९० पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा १ हजार ६ सय ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ५६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ८१ पुगेको छ । यसैबीच ६ हजार ५ सय २३ जनाले कोरोना जितेर घर फर्किइसकेका छन् ।










प्रतिक्रिया दिनुहोस्