एजेन्सी, १५ बैशाख । अमेरिकामा कोरोना भाइरस (कोभिड १९) का कारण ५५ हजारको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।
वर्ल्डोमिटर्सका अनुसार आइतबार त्यहाँ एक दिनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार १५७ रहेको छ । जबकि शनिबार एकै दिन मात्र २ हजार ६५ को मृत्यु भएको थियो ।
त्यहाँ शनिबार एकै दिन मात्र ३५ हजार ४१९ नयाँ संक्रमित फेला परेकोमा आइतबार भने यो संख्या घटेर २६ हजार ५०९ मा झरेको छ । शुक्रबार हालसम्मकै सर्वाधिक ३८ हजार ९५८ नयाँ संक्रमित फेला परेका थिए ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या ९ लाख ८७ हजार १६० पुगेको छ । यसैगरी कोरोना भाइरस संक्रमणका कारण त्यहाँ ५५ हजार ४१३ को ज्यान गइसकेको छ । १ लाख १८ हजार ७८१ जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् ।
न्यूयाेर्कमा मात्रै काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या २२ हजार २७५ पुगेकाे छ । अाइतबार मात्र त्यहाँ ३६७ काे मृत्यु भएकाे छ, याे अघिल्ला दिनहरूकाे तुलनामा सबैभन्दा कम हाे । शुक्रबार त्यहाँ ४२२ काे मृत्यु भएकाे थियाे भने शनिबार ६१७ काे मृत्यु भयाे ।










प्रतिक्रिया दिनुहोस्