भक्तपुर, १६ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी भक्तपुरले केन्द्रीय सदस्य तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेत विरुद्धको झुट र भ्रामक प्रचार कुनै एक व्यक्ति माथिमात्र नभई सिङ्गो पार्टी तथा सरकारविरुद्ध भएको बताएको छ ।
अध्यक्ष बचन देउजाद्वारा जिल्ला कमिटीको आधिकारीक धारणा सार्वजनिक गर्दै नेकपा भक्तपुरले गलत नियतका साथ आफ्नो नेतृत्वको गल्ती र कमजोरीलाई ढाकछोप गर्न युवा आन्दोलनका नेता तथा मुलुकाको समृद्धिको अभियान्ता सांसद बस्नेतविरुद्ध अनावश्यक कुप्रचारको कडा रुपमा खण्डन गरेका छ ।
विज्ञप्तीमा भनिएको छ, ‘क. महेश बस्नेतको विषयमा गरिएको कुप्रचार एउटा व्यक्ति माथिमात्र नभई सिङ्गो पार्टी तथा सरकार विरुद्धको षड्यन्त्र हो । पार्टी तथा सरकारलाई असफल बनाउन पूर्वराज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य डा. सुरेन्द्र यादवलाई राजनीतिक गोटी बनाई दवापमा राखी झुट्टा अपहरणको आरोप लगाउनु आफ्नो पार्टी तथा नेतृत्वको कमजोरी लुकाउन खोज्नु मात्र हो ।’











प्रतिक्रिया दिनुहोस्