विश्व

अमेरिकामा कोरोना संक्रमित संख्या १० लाख नाघ्यो



एजेन्सी, १६ बैशाख । अमेरिकामा कोरोना भाइरस (कोभिड १९) को संक्रमित संख्या १० लाख नाघेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या १० लाख १० हजार १२३ पुगेको छ । सोमबार मात्र त्यहाँ २२ हजार ९६३ नयाँ संक्रमित फेला परेका छन् ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६ हजार ७९६ रहेको छ । त्यहाँ सोमबार मात्र १ हजार ३८३ को ज्यान गएको छ ।

यसैगरी अमेरिकामा १ लाख ३८ हजार ९८९ जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् । ८ लाख १४ हजारभन्दा बढी संक्रमित उपचाररत रहेको जनाइएको छ ।

न्यूयोर्कमा मात्रै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २२ हजार ६२३ पुगेको छ । साेमबार मात्र त्यहाँ ३४८ को मृत्यु भएको छ, यो अघिल्ला दिनहरूको तुलनामा सबैभन्दा कम हो ।