विश्व

भारतमा काेराेनाबाट मृत्यु हुनेको संख्या ९३९ पुग्याे



एजेन्सी, १६ बैशाख । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ सय ३९ पुगेको छ ।

वर्ल्डो मिटर्स डट इन्फोका अनुसार संक्रमितहरुको संख्या २९ हजार नाघेको छ । मंगलबार बिहानसम्म भारतको कोरोना संक्रमित हुनेको संख्या २९ हजार ४१५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १ हजार ५ सय ६१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ५८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय ३९ पुगेको छ । यसैबीच ७ हजार १ सय ३७ जनाले कोरोना जितेर घर फर्किइसकेका छन् ।

विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेकाे संख्या ३० लाख ६२ हजार पुगेकाे छ । हालसम्म काेराेना भाइरसबाट ज्यान गुमाउनेकाे संख्या २ लाख ११ हजार ४३३ पुगेकाे छ ।