एजेन्सी, १६ बैशाख । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ९ हजार १ पुगेको छ ।
वल्र्डोमिटर्स इन्फो डटका अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या ३० लाख २५ हजार ७२६ पुगिसकेको छ, भने ८ लाख ९३ हजार १९६ जना निको भइसकेका छन् ।
अमेरिकामा कोरोना संक्रमणका कारण सबै भन्दा बढी ५ ६ हजार ९ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या ९ लाख ९३ हजार ८५२ पुगेको छ । जसमध्ये १ लाख २० हजार २९९ जना निको भइसकेका छन् ।
त्यस्तै इटालीमा पनि ज्यान गुमाउनेको संख्या २६ हजार ९७७ पुगिसकेको छ, भने संक्रमितको संख्या १ लाख ९९ हजार ४१४ पुगेको छ । यसैबीच निको हुनेको संख्या ६६ हजार ६२४ पुगेको छ ।
यता स्पेनमा पनि २३ हजार ५२१ को ज्यान गइसकेको छ, भने संक्रमितको संख्या २ लाख २९ हजार ४२२ पुगिसकेको छ । निको भएर फर्कनेहरुको संख्या १ लाख २० हजार ८३२ पुगेको छ ।
फ्रान्समा १ लाख ६२ हजार १०० जना कुल सङ्क्रमित भएका छन् भने, २२ हजार ८५६ को ज्यान गएको छ । यसैबीच ४४ हजार ९०३ निको भएर फर्किएका छन् ।
यूकेमा पनि ज्यान गुमाउनेको संख्या २० हजार ७३२ पुगेको छ, भने १ लाख ५२ हजार ८४० जना संक्रमित छन् । त्यस्तै इरान, बेल्जियम, जर्मनीमा, चीन, टर्की, नेदरल्याण्डस्, ब्राजिल, स्वीट्जरल्यनण्डलगायतमा हजारौंले ज्यान गुमाइसकेका छन् ।
नेपालमा पनि कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । हालसम्म १६ जना निको भइसकेका छन् ।










प्रतिक्रिया दिनुहोस्