काठमाडौँ, १६ वैशाख । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले सांसद अपहरणको आरोप लागेका सत्तारुढ दल नेकपाका सांसदहरुविरुद्धको जाहेरी लिन अस्वीकार गरेको छ ।
मंगलबार जनता समाजवादी पार्टीका नेताहरु आफ्ना सांसद डा. सुरेन्द्र यादव अपहरणको जाहेरी लिएर सरकारी वकिलको कार्यालय बबरमहल पुगेका थिए । तर, जिल्ला सरकारी वकिलको कार्यालयले जाहेरी लिन इन्कार गरिदिएको छ । यसअघि आइतबार महानगरीय प्रहरी परिसर टेकुले जाहेरी लिन नमानेपछि उनीहरु जिल्ला सरकारी वकिलको कार्यालय बबरमहल पुगेका थिए ।
आफ्ना सांसद डा सुरेन्द्र यादवलाई नेकपाका सांसदहरु महेश बस्नेत, किसन श्रेष्ठ र प्रहरी पूर्वआइजीपी सर्वेन्द्र खनालले अपहरण गरेको उनीहरुको अनावश्यक आरोप छ । यो सँगै अपहरणको आरोपमा डा. बाबुराम भट्टराईले फण्डको राजनीति गर्ने कार्य बन्द हुने भएको छ ।










प्रतिक्रिया दिनुहोस्