एजेन्सी, १७ बैशाख । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९)बाट मंगलबार मात्र कोरोना संक्रमणका कारण २ हजार ४७० को मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकले योसगै अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म ५९ हजार २६६ को ज्यान गइसकेको छ ।
मंगलबार मात्र त्यहाँ २५ हजार ४०९ नयाँ संक्रमित फेला परे । जबकि सोमबार २२ हजार ९६३ नयाँ संक्रमित फेला परेका थिए । यससँगै त्यहाँ कुल संक्रमितको संख्या १० लाख ३५ हजार ७६५ पुगेको छ ।
साथै अमेरिकामा १ लाख ४२ हजार २३८ जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् । हाल ८ लाख ३४ हजारभन्दा बढी संक्रमित उपचाररत रहेको जनाइएको छ ।
त्यस्तै न्यूयोर्कमा मात्रै काेराेनाका कारण ज्यान गुमाउनेको संख्या २३ हजार १४४ पुगेको छ । मंगलबार मात्र त्यहाँ ५२१ काे मृत्यु भएकाे छ । जबकि साेमबार त्यहाँ ३४८ को मृत्यु भएको थियाे, यो अघिल्ला दिनहरूको तुलनामा सबैभन्दा कम हो । आइतबार त्यहाँ ३६७ को मृत्यु भएको थियो भने शनिबार ६१७ को मृत्यु भयो ।










प्रतिक्रिया दिनुहोस्