विश्व

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख १३ हजार नाघ्याे



एजेन्सी, १७ बैशाख । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख १३ हजार ६२१ पुगेको छ ।

वल्र्डोमिटर्स इन्फो डटको अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या ३० लाख ९९ हजार ३९५ पुगिसकेको छ, भने ९ लाख ४३ हजार ९४० जना निको भइसकेका छन् ।

अमेरिकामा कोरोना संक्रमणका कारण सबै भन्दा बढी ५७ हजार १३२ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या १० लाख १६ हजार ६९२ पुगेको छ । जसमध्ये १ लाख ३९ हजार ८३४ जना निको भइसकेका छन् ।

त्यस्तै इटालीमा पनि ज्यान गुमाउनेको संख्या २७ हजार ३५९ पुगिसकेको छ, भने संक्रमितको संख्या २ लाख १ हजार ५०५ पुगेको छ । यसैबीच निको हुनेको संख्या ६८ हजार ९४१ पुगेको छ ।

यता स्पेनमा पनि २३ हजार ८२२ को ज्यान गइसकेको छ, भने संक्रमितको संख्या २ लाख ३२ हजार १२८ पुगिसकेको छ । निको भएर फर्कनेहरुको संख्या १ लाख २३ हजार ९०३ पुगेको छ । फ्रान्समा १ लाख ६५ हजार ८४२ जना कुल सङ्क्रमित भएका छन् भने, २३ हजार २९३ को ज्यान गएको छ । यसैबीच ४५ हजार ५१३ निको भएर फर्किएका छन् ।

यूकेमा पनि ज्यान गुमाउनेको संख्या २१ हजार ९२ पुगेको छ, भने १ लाख ५७ हजार १४९ जना संक्रमित छन् । त्यस्तै इरान, बेल्जियम, जर्मनीमा, चीन, टर्की, नेदरल्याण्डस्, ब्राजिल, स्वीट्जरल्यनण्डलगायतमा हजारौंले ज्यान गुमाइसकेका छन् ।

नेपालमा पनि कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । हालसम्म १६ जना निको भइसकेका छन् ।