समाचार

थप तीन जनामा कोरोना संक्रमणको पुष्टि : संक्रमितको संख्या ५७ गुग्यो



वीरगञ्ज, १७ वैशाख । बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा पोजेटिभ आएको हो । तीनै जना यसअघि भारतको दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए । आइतबार वीरगन्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु मध्ये वीरगञ्ज एक त्यही धार्मिक सभामा सहभागी भएका थिए ।

उनीहरु मध्ये तीन जनाको रिपोर्ट पोजेभिट आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । उनीहरुको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको खोजी गरेर ९४ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो ।