एजेन्सी, १८ बैशाख । विश्वभर कोरोना संक्रमणबाट अहिलेसम्म वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बिहीबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख २८ हजार १९० पुगेको छ । संक्रमण हुनेको संख्या भने ३२ लाख १९ हजार नाघेकाे छ ।
सङ्क्रमितमध्ये १० लाखभन्दा बढी भने उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा ४.३८ गुणा बढी रहेकाे छ । अहिलेसम्म काेराेना संक्रमितमध्ये ३१.०६६ प्रतिशत निकाे भएकाे छ भने ७.०८८ प्रतिशत मृत्यु भएकाे छ ।
अहिले विश्वभर १९ लाख ९० हजार १४१ जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ५९ हजार ८०८ जनाको अवस्था भने गम्भीर रहेको छ । अहिलेसम्म अमेरिकामा ६१ हजार ८५६ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै २ हजार ३९० बढीकाे मत्यु भएको छ भने २८ हजार बढी जना नयाँ संक्रमित भेटिएका छन् ।
अहिलेसम्म त्यहाँ संक्रमितकाे संख्या १० लाख ६४ हजार १९४ पुगेको छ । तीमध्ये एक लाख ४७ हजार ४११ जना पूर्णरूपमा निको भइसकेका छन् । त्यस्तै अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या २७ हजार ६८२ पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख ३५ हजार ५९१ जना कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये ७१ हजार बढी पूर्णरूपमा निको भइसकेका छन् ।
अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख ३६ हजार ८९९ पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २४ हजार २७५ ले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ लाख ३२ हजार भने पूर्णरूपमा निकाे भइसकेकाे छ । अहिले त्यहाँ ७९ हजार बढी कोरोना सक्रिय रहेको छ । तीमध्ये ७ हजार ७ जनाको अवस्था भने गम्भीर रहेको छ ।
फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ६६ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या २४ हजार ८७४ पुगेको छ । संक्रिमतमध्ये ४८ हजार २२८ पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९४ हजार बढीमा काेरोना संक्रिय रहेको छ । अहिलेसम्म जर्मनीमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ६१ हजार ५३९ पुगेकाे छ । मृत्यु हुनेको संख्या भने ६ हजार ४६७ पुगेको छ । अहिले जर्मनीमा ३४ हजार ६७२ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १ लाख २० हजार ४ सय भने पूर्णरुपमा निको भइसकेका छन् ।
अहिलेसम्म बेलायमा कोरोनाका कारणा २६ हजार ९७ जनाको ज्यान गइसकेके छ भने संक्रमितकाे संख्या १ लाख ६५ हजार २२१ पुगेकाे छ । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ । यता टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या एक लाख साढे १७ हजार पुगेकाे छ । अहिलेसम्म त्यहाँ ३ हजार ८१ जनाकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये ४४ हजार भने पूर्णरूपमा निकाे भइसकेका छन् ।
त्यस्तै अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ५ हजार ९५७ पुगेकाे छ । अहिलेसम्म त्यहाँ साढे ९३ हजार ६५७ संक्रमित भएका छन् । संक्रमितमध्ये ७३ हजार बढी निकाे भएका छन् । चीन भने अहिले ६१९ मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७७ हजा ६१० जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ८६२ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
त्यस्तै नेपालमा पनि कोरोनाबाट निकोभई १६ जना घर फर्किएका छन ।










प्रतिक्रिया दिनुहोस्