एजेन्सी, १८ बैशाख । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट अहिलेसम्म ६१ हजार ६५६ मृत्यु भइसकेको वर्ल्डोमिटर्सको तथ्यांकले जनाएको छ ।
बुधबार मात्र अमेरिकामा कोरोना संक्रमणका कारण २ हजार ३९० जनाको ज्यान गएको छ । त्यहाँ मंगलबार २ हजार ४७० को मृत्यु भएको थियो । तर सोमबार कोरोना संक्रमणका कारण १ हजार ३८३ को ज्यान गएको थियो भने आइतबार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार १५७ मात्र रहेको थियो ।
साथै त्यहाँ १ लाख ४७ हजार ४११ जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् । हाल ८ लाख ५५ हजारभन्दा बढी संक्रमित उपचाररत रहेको जनाइएको छ ।
बुधबार मात्र त्यहाँ २८ हजार ४२९ नयां संक्रमित फेला परेका छन् । यससँगै कुल संक्रमितको संख्या १० लाख ६४ हजार १९४ पुगेको छ ।
त्यस्तै हाल न्यूयोर्कमा मात्रै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३ हजार ४७४ पुगेको छ । बुधबार मात्र त्यहाँ ३३० काे मृत्यु भएकाे छ । यो अघिल्ला दिनहरूको तुलनामा सबैभन्दा कम हो । जबकि मंगलबार ५२१ को मृत्यु भएको थियाे भने सोमबार ३४८ को मृत्यु भएको थियो ।
न्यूजर्सीमा पनि काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ६ हजार ७७० पुगेकाे छ । त्यहाँ पनि एकैदिनमा बुधबार ३२८ काे मृत्यु भयाे ।










प्रतिक्रिया दिनुहोस्