काठमाडौँ, १९ वैशाख । आज १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, श्रमिक/मजदूर आन्दोलनको संसारभरि स्मरण गरिँदै छ ।
कोरोना भाइरसका कारण आज विगतमा जस्तो उत्साहपूर्ण रुपले यो दिवस मनाइने छैन । प्रत्येक वर्ष मे १ तारिखका दिन विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा यो दिवस मनाइने गरिन्छ । १
९ औं शताब्दीको औद्योगिकीकरणमा यूरोपेली देश तथा अमेरिकी देशहरुका उद्योगपतिहरुले दैनिक १५ घण्टासम्म न्यून पारिश्रमिकमा श्रमशोषण गर्ने गर्थे । यही परिस्थितिका बीच मजदुरहरुले १ मे १८८६ का दिन शोषणका विरुद्ध समानता, उपयुक्त श्रमज्वाला, उचित विदा सुविधा, र श्रम वातावरणको लागि एकीकृत हुने उद्घोष गरे र ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरन्जनको एक दिवसीय समय विभाजनको माग गरे । साे क्रममा अमेरिकाको सिकागोमा यही माग सहितको मजदूरहरुको शान्तिपूर्ण पर्दशनमाथि गोली चलाइँदा थुप्रै प्रदर्शनकारीको हत्या भयो ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन शुरु गरियो ।
नेपालमा सन् १९६३ देखि अन्तराष्ट्रिय श्रमिक दिवस मनाइदै आइएको छ । यस वर्ष नेपालमा पनि श्रमिक आन्दोलनको स्मरण गरिए तापनि विगतमा झैँ कुनै औपचारिक कार्यक्रम राखिएको छैन ।










प्रतिक्रिया दिनुहोस्