काठमाडौँ, १९ वैशाख । आज बिहानै काठमाण्डाै उपत्यकाका विभिन्न ठाउँबाट सात सयभन्दा धेरैलाई प्रहरीले पक्राउ गरेको छ । लकडाउन उल्लङ्घन गरी हिँडेका सात सय २३ जनालाई प्रहरीले पक्राउ गरेकाे हो ।
पाँच सय सात जनालाई काठमाण्डाैबाट, एक सय ३१ जनालाई ललितपुरबाट र पाँच जनालाई भक्तपुरबाट पक्राउ गरिएकाे प्रहरीले जनाएको छ । यस्तै एक सय सात वटा गाडीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका उनीहरुलाई कोरोना सङ्क्रमणले गर्ने असर र यसबाट बच्नको लागि घरभित्रै बस्न सुझाव दिएर दुई घण्टापछि प्रहरीले छाड्ने गरेको छ । तर अत्यावश्यक कामबाहेकका लागि निस्किएको गाडी भने बेलुकीमात्रै छाड्ने गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्