विश्व

विश्वभर काेराेना संक्रमितकाे संख्या ३३ लाख नाघ्याे



एजेन्सी, १९ बैशाख । विश्वभर कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या ३३ लाख नाघेकाे छ ।

वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शुक्रबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या ३३ लाख ४ हजार ३०९ पुगेकाे छ ।

काेराेना भाइरसबाट ज्यान गुमाउनेकाे संख्या २ लाख ३३ हजार ८३९ पुगेकाे छ । पछिल्लाे २४ घण्टामा मात्रै ५ हजार ८ सय बढीकाे मृत्यु भएकाे छ भने ८६ हजार बढी नयाँ संक्रमित थपिएका छन् ।

सङ्क्रमितमध्ये १० लाख ३९ हजार १३६ जना भने उपचारपछि घर फर्किएका छन् । अहिले विश्वभर २० लाख ३१ हजार बढी जनामा कोरोना भाइरस सक्रिय देखिएको छ ।

अहिलेसम्म अमेरिकामा ६३ हजार ८५६ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै २ हजार २०१ जनाकाे मत्यु भएको छ भने ३० हजार ८ सय बढी नयाँ संक्रमित भेटिएका छन् ।

अमेरिकामा संक्रमितकाे संख्या १० लाख ९५ हजार नाघेकाे छ । तीमध्ये एक लाख ५२ हजार ३५४ जना पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ८ लाख ७८ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । त्यस्तै अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या २७ हजार ९७६ पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख ५ हजार ४६३ जना कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये ७५ हजार ९४५ पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ एक लाख १ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ भने १७ सय बढीकाे अवस्था गम्भीर रहेकाे छ ।

स्पेनमा अहिलेसम्म काेराेना संक्रमितकाे संख्या २ लाख ३९ हजार ६३९ पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २४ हजार ५४३ ले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ लाख ३७ हजार ९८४ भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ७७ हजार बढी कोरोना सक्रिय रहेको छ । तीमध्ये २ हजार ७ जनाको अवस्था भने गम्भीर रहेको छ ।

त्यस्तै बेलायमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या २६ हजार ७७१ पुगेकाे छ । संक्रमितकाे संख्या १ लाख ७१ हजार २५३ पुगेकाे छ । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ । त्यहाँ अहिले १ लाख ४४ हजार बढीमा कोरोना सक्रिय रहेको छ ।

फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ६७ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या २४ हजार ३७६ पुगेको छ । संक्रिमतमध्ये ४९ हजार ४७६ पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९३ हजार बढीमा काेरोना संक्रिय रहेको छ । तीमध्ये ४ हजारकाे अवस्था भने गम्भीर रहेको छ ।

जर्मनीमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ६३ हजार पुगेकाे छ । मृत्यु हुनेको संख्या भने ६ हजार ६२३ पुगेको छ । अहिले जर्मनीमा ३२ हजार ८८६ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १ लाख २३ हजार ५ सय भने पूर्णरुपमा निको भइसकेका छन् । यता टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या एक लाख २० हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ ३ हजार १७४ जनाकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये ४८ हजार ८८६ भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ६८ हजारमा काेराेना सक्रिय रहेकाे छ ।

इरानमा टर्कीमा भन्दा कम संक्रमित भए पनि मृतककाे संख्या भने बढी रहेकाे छ । अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ६ हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ साढे ९४ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये ७५ हजार बढी निकाे भएका छन् ।

चीनमा अहिले ५९९ मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७७ हजा ६४२ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ८७४ जनामा कोरोनाको संक्रमण देखिएको छ ।