एजेन्सी, १९ बैशाख । कोरोना भाइरसले भारतमा एकैदिन ७५ जनको मृत्यु भएको छ ।
वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा शुक्रबार बिहनसम्म मृत्यु हुनेकाे संख्या १ हजार १ सय ५४ पुगेकाे छ भने संक्रमित हुनेकाे संख्या ३४ हजार ८ सय ६३ पुगेकाे छ ।
पछिल्लो २४ घण्टामा भारतमा १ हजार ८ सय १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ७५ जनाको मृत्यु भएको छ । यसैबीच ९ हजार ६८ जनाले कोरोना जितेर घर फर्किइसकेका छन् ।
बिहीबार बिहानसम्म भारतमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या १ हजार ७९ थियाे भने संक्रमितकाे संख्या ३३ हजार ६२ थियाे । विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेकाे संख्या संख्या ३३ लाख ४ हजार ३०९ पुगेकाे छ भने मृत्यु हुनेकाे संख्या २ लाख ३३ हजार ८३९ पुगेकाे छ ।










प्रतिक्रिया दिनुहोस्