काठमाडौँ, २० वैशाख । काठमाडौँ र ललितपुरमा दुई जना मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
महानगरपालिका-१५ स्वयम्भूस्थित कारखाना चोक डेरा गरी बस्ने नागार्जुन नगरपालिका-५ छकडोल घर भएका ५५ वर्षीय कृष्ण बहादुर तामाङ आफ्नै कोठामा बिहीबार साँझ मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी ललितपुरको गोदाबरी नगरपालिका-३ नँयाबाटोस्थित जस्ताले बनाएको टहरामा बस्दै आएकी एक महिला पनि मृत फेला परेकी छिन् । रुकुम घर बताउने उनी सोही टहरोभित्र बिहीबार दिउँसो मृत अवस्थामा फेला परेकी हुन् । हाल उनकाे नाम, थर, खुल्न नसकेकाे प्रहरीले जनाएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेकाे नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्