विश्व

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ हजार नाघ्यो



काठमाडौँ, २० वैशाख । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण अहिलेसम्म ६५ हजार ७५३ को मृत्यु भइसकेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार शुक्रबार मात्र अमेरिकामा कोरोनाका ३६ हजारभन्दा बढी नयाँ संक्रिमत फेला परेका छन् । अमेरिकामा काेराेना संक्रमणका कारणा शुक्रबार मात्र १ हजार ८९७ जनाकाे ज्यान गएकाे छ । अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म ६५ हजार ७५३ को ज्यान गइसकेको छ । त्यहाँ कुल संक्रमित संख्या ११ लाख ३१ हजार नाघेकाे छ । साथै १ लाख ६१ हजार ५६३ जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् ।

न्यूयोर्कमा कोरोना संक्रमणबाट पछिल्लाे २४ घण्टामा ज्यान गुमाउनेकाे संख्या हालसम्मकै सबैभन्दा कम २८९ रहेकाे छ । त्यहाँ शुक्रबार ४ हजार ३८३ नयाँ बिरामी थपिएका छन् । यससँगै न्यूयाेर्कमा मात्रै काेराेना संक्रमित ३ लाख १५ हजार २२२ पुगेका छन् भने २४ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्

न्यूजर्सीमा पनि काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ७ हजार ५३८ पुगेकाे छ । त्यहाँ एकैदिनमा शुक्रबार एकै दिनमा ३१० काे मृत्यु भयाे भने २ हजार ५३८ नयाँ संक्रमित थपिए ।