विश्व

विश्वभर काेराेना संक्रमितकाे संख्या ३४ लाख नाघ्याे



एजेन्सी, २० बैशाख । विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेकाे संख्या ३४ लाख नाघेकाे छ ।

वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शनिबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या २४ लाख २७८ पुगेकाे छ । काेराेना भाइरसका कारण ज्यान गुमाउनेकाे संख्या भने २ लाख ३९ हजार ५७० पुगेकाे छ ।

शुक्रबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या ३३ लाख ४ हजार ३०९ थियाे भने मृत्यु हुनेकाे संख्या २ लाख ३३ हजार ८३९ थियाे ।सङ्क्रमितमध्ये १० लाख ८१ हजार १५६ जना भने उपचारपछि घर फर्किएका छन् । अहिले विश्वभर २० लाख ७८ हजार बढी जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ५१ हजार ३५१ जनाकाे अवस्था भने गम्भीर रहेको छ ।

अहिलेसम्म अमेरिकामा ६५ हजार ७५३ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने ११ लाख ३१ हजार पुगेकाे छ । संक्रमितमध्ये एक लाख ६१ हजार ५६३ जना पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९ लाख ३ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १६ हजार ५८१ काे अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या २८ हजार २३६ पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख ७ हजार ४२८ जना कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये ७८ हजार २४९ पूर्णरूपमा निको भइसकेका छन् । अहिले इटालीमा एक लाख बढीमा काेराेना सक्रिय रहेकाे छ भने १५ सय बढीकाे अवस्था गम्भीर रहेकाे छ ।

यता स्पेनमा अहिलेसम्म काेराेना संक्रमितकाे संख्या २ लाख ३९ हजार ६३९ पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २४ हजार ८२४ ले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ लाख ४२ हजार ४५० भने पूर्णरूपमा निकाे भइसकेका छन् । बेलायतमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या २७ हजार ५१० पुगेकाे छ । संक्रमितकाे संख्या भने १ लाख ७७ हजार ४५४ पुगेकाे छ । त्यस्तै फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ६७ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या २४ हजार ५९४ पुगेको छ । संक्रिमतमध्ये ५० हजार बढी पूर्णरूपमा निको भइसकेका छन् ।

जर्मनीमा पनि कोरोना संक्रमित हुनेको संख्या १ लाख ६४ हजार पुगेकाे छ । मृत्यु हुनेको संख्या भने ६ हजार ७३६ पुगेको छ । अहिले जर्मनीमा ३० हजार ४४१ जनामा मात्रै कोरोना सक्रिय रहेको छ ।

यता टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या एक लाख २२ हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ ३ हजार २५८ जनाकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये ५३ हजार ८०८ भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिलेसम्म रूसमा एक लाख १४ हजार बढी मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने १ हजार १६९ पुगेकाे छ । संक्रमितमध्ये १३ हजार बढी पूर्णरूपमा निकाे भएका छन् ।

अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ६ हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ साढे ९५ हजार ६४६ संक्रमित भएका छन् । संक्रमितमध्ये ७६ हजार बढी निकाे भएका छन् । ब्राजिलमा अहिलेसम्म काेराेनाबाट संक्रमित हुनेकाे संख्या ९२ हजार नाघेकाे छ भने काेराेनाका कारण ६ हजार ४१० जनाकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये ३८ हजार पूर्णरूपमा निकाे भएका छन्, ८ हजार बढीकाे अवस्था गम्भीर रहेकाे छ ।

यता चीन भने अहिले ५५७ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७७ हजा ६८५ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ८७५ जनामा कोरोनाको संक्रमण देखिएको छ ।