काठमाडौँ, २० वैशाख । भारतमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या १ हजार २ सय २३ पुगेकाे छ ।
वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा शनिबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या १ हजार २ सय २३ पुगेकाे छ भने संक्रमितकाे संख्या ३७ हजार २ सय ५७ पुगेकाे छ । यसैबीच १० हजार जनाले भने कोरोना जितेर घर फर्किइसकेका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा २ हजार ३ सय ९४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ६९ जनाको मृत्यु भएको छ । भारतमा शुक्रबार बिहनसम्म मृत्यु हुनेकाे संख्या १ हजार १ सय ५४ थियाे भने संक्रमित हुनेकाे संख्या ३४ हजार ८ सय ६३ थियाे ।
काेराेनाकाे संक्रमण बढ्दै गएपछि भारतीय सरकाले लकडाउन पुनः दुई साताका लागि लम्ब्याएकाे छ ।










प्रतिक्रिया दिनुहोस्