समाचार

जंगली च्याउ खाएर महिलाको मृत्यु : एकै परिवारका तीन जना विरामी



अर्घाखाँची, २१ वैशाख । भूमिकास्थान नगरपालिका–६ जंगली च्याउ खाएपछि बिरामी भएका एकै परिवारका चार जनामध्ये एक जनाको उपचारको क्रममा निधन भएको छ ।

३० वर्षीया रामकला महत्राको उपचार गर्दागर्दै लुम्बिनी सिटी अस्पताल बुटवलमा गएराति निधन भएको हो । गम्भीर बिरामी उनकी ७ वर्षीया छोरी विपा महत्रा, सासुआमा ५९ वर्षीया लालसरी महत्रा र २८ वर्षीया देउरानी लक्ष्मी महत्राको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।