समाचार

देशका अधिकांश स्थानमा झरी



काठमाडौँ, २२ वैशाख । पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका अधिकांश स्थानमा पानी परिरहेको छ ।

हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका अधिकांश भागमा वर्षा भइरहेको मौसम विज्ञान विभागले जनाएको छ । ती क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा गराउने बादल विकसित भइरहेको तथा प्रदेश ५ मा ५६ किलोमिटर प्रतिघण्टाको वेगमा हावा चलिरहेकाले सतर्क रहन पनि विभागले अनुरोध गरेको छ । निरन्तर झरीका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोसमेत गएको छ ।

मौसमविदका अनुसार आज र भोलि अलि सक्रिय हुन्छ, भोलिको तुलनामा पर्सि अलि कम हुन्छ ।’ आज र भोलि घाम नलाग्ने र पर्सि अपराह्नबाट मौसममा तुलनात्मक रुपमा सुधार आउने छ ।