समाचार

आजको मौसम



काठमाडौँ, २४ वैशाख । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको र स्थानीय वायु तथा बंगालको खाडीसमेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको अनुसार  हाल देशको पश्चिमी तथा पूर्वी पहाडी भू–भागमा सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज देशभर बिहानपख आंशिक बदली र दिउँसो पश्चात सामान्य  बदली रहनेछ । देशको पहाडी भू–भागका केहि स्थानहरूमा साथै तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः  देशको पहाडी भू–भागमा आंशिक बदली भई बाँकि भू–भागमा सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका केही स्थानहरूमा  साथै तराईका एक–दुई  स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।