समाचार

चट्याङबाट आगलागी, २ घर जल्यो



दाङ, २४ वैशाख । दाङमा चट्याङबाट आगलागी हुँदा २ तले घर जलेका छन् ।

चट्याङ लागि घोराही उपमहानगरपालिका–११, नारायणपुरका द्रोण केसीको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङबाट मानवीय क्षति नभए पनि दुईतले घर जलेर पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ । घर जले पनि मानवीय क्षति भने भएको छैन ।

आगलागीबाट करिब चार लाख रुपैयाँबराबरको क्षति भएको छ । घरभित्र रहेका लत्ताकपडा, सामग्री र खानेकुरा सबै जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

त्यसैगरी, तुलसीपुर उपमहानगरपालिका–८, अस्वाराका मोहन विकको घर भत्किएको छ । हावाहुरीसँगै परेको वर्षाले घर भत्किएको हो । घर भत्किँदा घरभित्रका खाद्यान्नलगायत सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।