रोल्पा, २५ बैशाख । रोल्पामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
आज लुंग्री गाउँपालिका-२ सीर्पका ६३ वर्षीय भिमबहादुर विक र ४० वर्षीय चित्रबाहदुर पुनको चट्याङ लागेर मृत्यु भएको हो । विक र पुन दुवै छिमेकी हुन् ।
बिहान करिब ८:३० बजेको समयमा विकको घर नजिकै रहेको रुखमा परेको चट्याङ लागेर दुवै जनाको घटना स्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्