समाचार

आजको मौसम



काठमाडौँ, २६ बैशाख । नेपालमा पश्चिमी न्युन चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भु–भाग नजिक बनेको न्युन चापीय क्षेत्र  तथा  बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु प्रवेश गरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हालको मौसमको अवस्था पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ । आज दिउँसो  देशको पूर्वी भू–भागमा सामान्य बदली, बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशका पूर्वी भू–भागका थोरै स्थानहरूमा  साथै मध्य र पश्चिमका एक/दुई  स्थानमा मेघगर्जन,चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।

त्यस्तै पूर्वी भू–भागका एक दुइ  स्थानमा  मेघगर्जन,चट्याङ्ग, असिना र हावाहुरीसहित   वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।