राजनीति

भारतीय फौज र अतिक्रमित भूमि फिर्ता गराउन सांसद अधिकारीद्वारा ७ बुँदे संकल्प प्रस्ताव दर्ता



काठमाडौँ, २९ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद, पूर्वस्वास्थ्यमन्त्री तथा प्रतिनिधिसभाका सांसद खजराज अधिकारीद्वारा लिम्पियाधुरा, कालापानी र लिपुलेकमा भारतले अतिक्रमण गरेकोभूभाग फिर्ता गरी नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न माग गर्दै ७ बुँदे माग सहित आज प्रतिनिधीसभामा संकल्प प्रस्ताव दर्ता गर्नुभएको छ ।