राजनीति

साउदीमा कोरोना संक्रमित एक नेपालीको मृत्यु



काठमाडौँ, २९ वैशाख । साउदी अरबमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित एक नेपालीको मृत्यु भएको छ ।

जेद्दास्थित महावाणिज्य दूतावासका अनुसार साउदी अरवको जेद्दा स्थित मदिनामा कार्यरत एक नेपालीको उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त शहरभित्र मात्रै कोरोना भाइरस संक्रमित नेपालीको संख्या ४५ पुगेको छ । जसमध्ये १० जना उपचारपछि निको भएको दूतावासले जनाएको छ।