काठमाडौँ, २९ वैशाख । नेपाल–भारत जारी सीमा विवादको समस्या समाधान गर्न नेपाल सरकार एक्सनमा उत्रिएको छ ।
सिंहदरवारमा आज परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भारतीय राजदुत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाए लिपुलेक विवाद तथा सो क्षेत्रमा पछिल्लो समय भारतद्वारा निर्माण गरिएको लिंक रोडबारे नेपाल सरकारको आपत्ती रहेको कुरा आधिकारीक धारणा सुनाउनुभएको छ । भेटवार्तामा मन्त्री ज्ञवालीले नेपालको तर्फबाट कुटनैतिक नोट दिँदै तत्काल वार्ताको वातावरण तयार गर्न आग्रह समेत गर्नुभएको छ ।
भेटवार्तामा लिपुलेक–कालापानी–लिम्पियाधुराको विषयमा उच्चस्तरी वार्ताका लागि नेपालले भारतसँग प्रस्ताव गरेको छ । भारतले कोरोनाको कहर सम्पन्न पश्चात मात्र उक्त कुरामा वार्ता बस्ने भनि आधिकारीक धारणा प्रस्तुत गरेकोमा नेपालले भने उक्त कुरा स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ । सीमा विवाद सुल्झाउन अब लामो समयसम्म कुर्न नसकिने परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो स्पष्ट धारणा प्रस्तुत गरिसक्नुभएको छ । यो संगै नेपालले आफ्नो दृढता ब्यक्त गरेको छ ।
भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको भन्दै नेपालमा यसको विरोध भइरहेको छ । परराष्ट्र मन्त्रालयले शनिबार नै एक वक्तव्य जारी गर्दै सडक निर्माण प्रति आपत्ति जनाएको थियो ।











प्रतिक्रिया दिनुहोस्